डा. आर सी लामिछाने एउटा सुनौलो ईतिहासको शुरुवातः नेपालको संसदीय इतिहासमा एउटा नयाँ अध्याय थपिएको देखेर शायद विपि कोईराला, पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको आत्मले शान्ति पाएको होला । एक साधारण, पिछडिएको, मधेशी हजाम समुदायकी छोरी, जसका बुबाले इँटाभट्टा, पुख्र्यौली पेसा सैलुन चलाएर र बैदेशीक रोजगारीमा गएर कमाएको पैसाले परिवार पाल्नुभयो, आज त्यही छोरी संवैधानिक परिषद्को सदस्य र प्रतिनिधि सभाको गरिमामय उपसभामुख बन्न सफल हुनु भएकोछ । यो कुनै जादू नभई काँचको छत (Glass Ceiling) भत्किएको ऐतिहासिक घटना हो। नेपालको सामाजिक विविधतामा ब्राह्मण, क्षेत्री, नेवार, मधेशी, थारू, दलित, पहाडी, हिमाली, किराँत सबैको आफ्नै पहिचान छ। तर यो विविधता नेतृत्वको तहमा प्रतिबिम्बित हुन सकेको थिएन तर आज त्यो परम्परा भत्कीएको छ र एकजना दलित समुदायकी छोरी सर्वोच्च नेतृत्व मध्येको पदमा निर्वाचित हुनु भएकोछ । वहाँको निर्वाचनसँगै गणतन्त्र थप मजवुत बनेको छ भने राजनीतिले विश्वास आर्जन गर्ने आधार बनेको छ । नेपाली सन्दर्भमा के हो काँचको छतः काँचको छत भनेको समाजमा देखिने तर अदृश्य रहने...
Comments
Post a Comment