अध्यादेश, संविधान, आवश्यकता र राजनीतिक नैतिकताको वास्तविक प्रश्न
डा. आर सी लामिछाने नेपालमा फेरि अध्यादेशको विषयले तीव्र राजनीतिक बहस जन्माएको छ। सरकारद्वारा ल्याइएका अध्यादेशलाई लिएर पक्ष र विपक्षमा तीखा तर्कहरू प्रस्तुत भइरहेका छन्। केही राजनीतिक दलहरूले यसलाई लोकतन्त्रविरुद्धको कदम भन्दै विरोध गरिरहेका छन् भने केहीले यसलाई शासन सञ्चालनको आवश्यक संवैधानिक उपकरणका रूपमा व्याख्या गरिरहेका छन्। तर वास्तविक प्रश्न अध्यादेश ल्याउनु ठीक कि बेठीक भन्ने मात्र होइन यो त अध्ययादेशको उद्देश्य, आवश्यकता, संवैधानिक आधार, प्रयोगको नैतिकता र राष्ट्रिय हित के हो भन्ने हो। लोकतन्त्र केवल प्रक्रिया होइन, परिणाम पनि हो। संविधान केवल पुस्तक मात्र होइन, शासन चलाउने जीवित मार्गदर्शक हो। यदि प्रक्रियाको नाममा देश रोकिन्छ, निर्णय स्थगित हुन्छ, नागरिकले सेवा पाउँदैनन् र विकास अवरुद्ध हुन्छ भने त्यो लोकतन्त्र होइन, कमजोरी हो। त्यसैले अध्यादेशलाई भावनात्मक नाराबाट नभई संवैधानिक यथार्थ र राष्ट्रिय आवश्यकताबाट हेरीनु पर्दछ । नेपालको संविधान २०७२ को धारा ११४ ले अध्यादेश सम्बन्धी स्पष्ट व्यवस्था गरेको छ। उक्त धाराअनुसार, संघीय संसदको कुनै पनि सदनको अधि...