नेतृत्वको नयाँ अध्याय सुरु : डा. रामचन्द्र लामिछानेको बहुप्रतीक्षित पुस्तक "प्रशंसनीय नेतृत्व" प्रकाशित
नेपालमा नेतृत्व विकास, संस्थागत रूपान्तरण र सकारात्मक सोचको क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको डा. रामचन्द्र लामिछाने द्वारा लिखित पुस्तक "प्रशंसनीय नेतृत्व" प्रकाशित भएको छ। लामो अध्ययन, अनुसन्धान, अन्तर्राष्ट्रिय अनुभव तथा तीन दशकभन्दा बढीको नेतृत्व विकास यात्राको सार समेटिएको यो पुस्तक नेपाली भाषामा प्रकाशित नेतृत्वसम्बन्धी एक महत्वपूर्ण कृतिका रूपमा हेरिएको छ। आजको विश्वमा नेतृत्व भनेकाे केवल पद, अधिकार वा व्यवस्थापनको विषय मात्र होइन; याे त विश्वास निर्माण, साझा उद्देश्य, सकारात्मक संस्कृति र दिगो परिवर्तन सिर्जना गर्ने कला हो। यही वास्तविकतालाई केन्द्रमा राखेर लेखिएको "प्रशंसनीय नेतृत्व" पुस्तकले नेतृत्वलाई नयाँ दृष्टिकोणबाट व्याख्या गर्दछ। यसले समस्याको विश्लेषणभन्दा सम्भावनाको खोजी, कमजोरीभन्दा शक्तिको पहिचान, र दोषारोपणभन्दा समाधान तथा भविष्य निर्माणमा केन्द्रित नेतृत्व दर्शन प्रस्तुत गर्दछ। पुस्तकको मूल आधार विश्वव्यापी रूपमा मान्यता प्राप्त Appreciative Inquiry र Appreciative Leadership को सिद्धान्त हो, जसलाई नेपाली सामाजिक, संस्थागत तथा सा...