Posts

कक्षा ११ का लागि सही कलेज कसरी छान्ने?

Image
भीड, भ्रम र आकर्षक विज्ञापनको युगमा सही निर्णय कसरी गर्ने? आज SEE पछि विद्यार्थी र अभिभावक जीवनकै एउटा महत्वपूर्ण मोडमा उभिएका छन्— “अब कुन कलेज रोज्ने?” आजको समयमा कलेज छान्नु सजिलो छैन। सामाजिक सञ्जाल, चम्किला पोस्टर, टपरका फोटो, ठूलो रिजल्टको प्रचार, छुट अफर र आक्रामक विज्ञापनले धेरैलाई प्रभावित बनाइरहेको छ। तर एउटा गम्भीर प्रश्न हामीले आफैँलाई सोध्नुपर्छ  “के त्यो कलेजले वास्तवमै मेरो सम्भावना उजागर गर्न सक्छ? ” कलेज केवल +2 पढ्ने ठाउँ होइन त्यो तपाईंको सोच, आत्मविश्वास, व्यक्तित्व, नेतृत्व, सपना र जीवनदृष्टि निर्माण गर्ने स्थान हो। त्यसैले सही कलेज छान्नु भनेको केवल भर्ना हुनु होइन, आफ्नो भविष्यको दिशा तय गर्नु हो। सही कलेज छान्ने १५ महत्वपूर्ण आधार १. कलेजले “मान्छे” बनाउँछ कि केवल “मार्क्स मेसिन”? साँचो शिक्षा भनेको GPA मात्र होइन। राम्रो कलेजले विद्यार्थीको चरित्र, आत्मविश्वास, जीवनदृष्टि र मानवीय क्षमता विकास गर्छ। २. शिक्षक प्रेरणादायी छन् कि केवल नोट डिक्टेट गर्ने? महान शिक्षकले केवल पाठ मात्र पढाउँदैनन् विद्यार्थीभित्र लुकेको सम्भावना देख्न सिकाउँछन्। ...

अध्यादेश, संविधान, आवश्यकता र राजनीतिक नैतिकताको वास्तविक प्रश्न

Image
   डा. आर सी लामिछाने  नेपालमा फेरि अध्यादेशको विषयले तीव्र राजनीतिक बहस जन्माएको छ। सरकारद्वारा ल्याइएका अध्यादेशलाई लिएर पक्ष र विपक्षमा तीखा तर्कहरू प्रस्तुत भइरहेका छन्। केही राजनीतिक दलहरूले यसलाई लोकतन्त्रविरुद्धको कदम भन्दै विरोध गरिरहेका छन् भने केहीले यसलाई शासन सञ्चालनको आवश्यक संवैधानिक उपकरणका रूपमा व्याख्या गरिरहेका छन्। तर वास्तविक प्रश्न अध्यादेश ल्याउनु ठीक कि बेठीक भन्ने मात्र होइन यो त अध्ययादेशको उद्देश्य, आवश्यकता, संवैधानिक आधार, प्रयोगको नैतिकता र राष्ट्रिय हित के हो भन्ने हो। लोकतन्त्र केवल प्रक्रिया होइन, परिणाम पनि हो। संविधान केवल पुस्तक मात्र होइन, शासन चलाउने जीवित मार्गदर्शक हो। यदि प्रक्रियाको नाममा देश रोकिन्छ, निर्णय स्थगित हुन्छ, नागरिकले सेवा पाउँदैनन् र विकास अवरुद्ध हुन्छ भने त्यो लोकतन्त्र होइन, कमजोरी हो। त्यसैले अध्यादेशलाई भावनात्मक नाराबाट नभई संवैधानिक यथार्थ र राष्ट्रिय आवश्यकताबाट हेरीनु पर्दछ । नेपालको संविधान २०७२ को धारा ११४ ले अध्यादेश सम्बन्धी स्पष्ट व्यवस्था गरेको छ। उक्त धाराअनुसार, संघीय संसदको कुनै पनि सदनको अधि...

पानीको आकार र लोकतन्त्रको रूप

Image
  डा. आर. सी. लामिछाने   पानीको आफ्नै कुनै स्थायी आकार हुँदैन। जुन भाँडोमा राखिन्छ, त्यही आकारमा देखिन्छ। हाम्रो लोकतन्त्रको परिभाषा पनि कताकता त्यस्तै लाग्न थालेको छ: सत्ता अनुसार आकार बदल्ने, पद अनुसार सिद्धान्त फेरिने, र कुर्सी अनुसार नैतिकता तय हुने। प्रतिपक्षमा हुँदा नेताहरूको आवाज क्रान्तिकारी हुन्छ। उनीहरू पारदर्शिता, सुशासन, जनउत्तरदायित्व, भ्रष्टाचारविरोध, युवाको भविष्य, किसानको पीडा, बेरोजगारी, शिक्षा, स्वास्थ्य सबै विषयमा आगो झैँ बोल्छन्। लाग्छ, अब देश बदलिन्छ। अब राजनीति सेवामा बदलिन्छ। अब जनताको दुःख अन्त्य हुन्छ। तर विडम्बना के छ भने, सत्तामा पुग्नेबित्तिकै ती सबै शब्दहरू मानौँ चुनावी पोस्टरका पुराना रङझैँ फिका हुन थाल्छन्। हिजो “यो गलत हो” भन्ने व्यक्ति आज त्यही गलत कुराको रक्षक बन्छ। हिजो “जनताको अधिकार” भन्ने नेता आज “प्रक्रिया यस्तै हो” भन्दै जिम्मेवारीबाट पन्छिन्छ। हिजो सडकमा उभिएर विरोध गर्ने व्यक्ति आज सत्ताको कुर्सीमा बसेर आलोचना सुन्न पनि तयार हुँदैन।कस्ताे अचम्म । के राजनितिज्ञहरुकाे स्मरणशक्तिलाइ पदले निर्धारण गर्दछ?  के याे स्मरणशक्तिको य...

सभापति रविलाई नमागेको सुझावः दादागिरीले पतन ल्याउँछ, विनम्रताले र लोकप्रियता बढाउँदछ

Image
डा. आर सी लामिछाने  नेपालको राजनीतिक इतिहासले बारम्बार एउटा गहिरो सत्य प्रमाणित के गरेको छ भने पार्टीहरू घोषणापत्रले जन्मिन्छन्, तर नेतृत्व शैलीले टिक्छन् वा समाप्त हुन्छन्। लामो इतिहास बोकेका धेरै राजनीतिक दलहरू आज जनविश्वास गुमाएर राजनीतिक कोमामा पुगेका छन्। कारण केवल वैचारिक कमजोरी होइन; मुख्य कारणहरु नै नेतृत्वको अहंकार, असंवेदनशीलता, नकारात्मकता र जनभावनालाई नबुझ्ने प्रवृत्ति हो। अहिलेका जनता नेता सरह नै वा त्यो भन्दा वढी सुसुचित, सभ्य र सक्षम छन । जनता अब केवल भाषण, नारा र आरोप–प्रत्यारोपले प्रभावित हुँदैनन्। उनीहरूले सम्मान, परिणाम, सुशासन र मानवीय व्यवहार खोजिरहेका छन्। यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित सबै राजनीतिक दलहरूले  प्रशंसनीय नेतृत्वको अभ्यास गर्न अत्यन्त आवश्यक भएको छ।नेतृत्व भनेको पद होइन, प्रभाव हो। पदले अधिकार दिन्छ तर प्रभावले इतिहास बनाउँदछ। सांसद, मन्त्री, सभापति वा प्रधानमन्त्री हुनु ठूलो कुरा होइन; ठूलो कुरा त त्यो पदबाट समाजमा कस्तो ऊर्जा, कस्तो आशा र कस्तो भरोसा सिर्जना भयो भन्ने हो। यदि नेतृत्वले डर, विभाजन, घृणा र प्रतिशोध मा...

सम्माननीय प्रधानमन्त्रीज्यू: ईच्छाशक्ति भए छ महिनामा सुकुम्बासी समस्या समाधान गर्न सकिन्छ

Image
 डा आर सी लामिछाने प्राचार्यः निरभाना कलेज  ( पूर्व उपाध्यक्ष, शहरी योजना आयोग पोखरा महानगरपालिका )   भलुवाइ नदिको किनारमा लक्ष्मी नारायण -काल्पनिक नाम र कथा_ एक विगाह जमिन थियो । वर्षमा तीन वाली मजासँग उब्जनी हुन्थ्यो र त्यो खेतको उब्जनीले उनको छ जनाको परिवारको राम्रोसँग गुजारा चल्दथ्यो । बाल बच्चा नजिकको सरकारी विद्यालयमा पढदथे, वुवा आमा रोग विमार हुदा नजिकैको स्वास्थ्य चौकीमा उपचार गर्दथे । सिजन अनुसारको उत्पादनलाइ स्थानीय हाट बजारमा बेचेर नगद आम्दानी समेत गर्दथे । आफनै उत्पादनले घरमा पौष्टिक आहार आपुर्ति हुदा उनिहरुको परिवारलाई कहिल्यै कुनै अभाव महशुश भएन । २०५२ सालको वर्षामा तीन दिन सम्म लगातार निकै ठुलो पानी पर्यो र त्यस पछि आएको बाढीले उनको खेत कटान गरेर खोलामा मिसायो घर समेत खोलामा वग्यो, वृद्ध वावा आमा भाग्न भ्याएनन दुबै जनालाइ वाढीले बगायो, अन्न वाली, पशु चौपाय सबै वगायो मुश्किलले लक्ष्मी नारायणले एउटै कोठामा सुतेको छोरा छोरी र श्रीमतीलाइ भने बचाउन सके । भोलिपल्ट विहान भयो उनीसँगै छिमेकका चार घरको हालत उस्तै भएको रहेछ ।  त्यो वर्ष वाढीको कारण धेरै जनाको ज...

आजको बिचार

Image
 

नयाँ वर्ष २०८३ को शुभकामना: सपनाबाट सम्भावनासम्मको नयाँ संकल्प बनोस

Image
डा. आर सी लामिछाने  नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! नयाँ वर्ष केवल पात्रोको पाना फेरिने क्षणमात्र होइन, यो त सोच, दृष्टिकोण र सम्भावनाको नयाँ अध्याय सुरु हुने समय हो। बितेका अनुभवहरूले हामीलाई सिकाएका पाठलाई आत्मसात् गर्दै, नयाँ ऊर्जा र आत्मविश्वासका साथ अघि बढ्ने अवसर हो २०८३ । नयाँ वर्ष २०८३ सालले प्रत्येक नेपालीको मनमा आशा, उत्साह र सकारात्मक परिवर्तनको बीउ रोप्न सकोस । सबैलाई देश र समाज प्रतिको कर्तब्य र जिम्मेवारीको  बोध गराउन सकोस यही शुभकामना छ ।  यो वर्ष हामीले व्यक्तिगत सफलताको सीमाभन्दा माथि उठेर सामूहिक समृद्धिको सपना देख्न आवश्यक छ। देशमा सुशासन, पारदर्शिता र उत्तरदायित्वको संस्कार बलियो बनोस्। “मेरो देश, मेरो जिम्मेवारी” भन्ने भावनालाई व्यवहारमा उतार्दै हरेक नागरिक राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागी बन्ने वातावरण बनोस्। विदेशमा रहेका नेपाली युवाहरूका लागि स्वदेशमै अवसर सिर्जना होस्, उनीहरूको ज्ञान, सीप र अनुभव नेपालकै विकासमा प्रयोग हुन सक्ने अवस्था सिर्जना होस्। शिक्षा प्रणाली यति गुणस्तरीय बनोस् कि नेपाली विद्यार्थीहरूलाई ...