पुस्तक परिचय : प्रशंसनीय नेतृत्व
“प्रशंसनीय नेतृत्व" प्रशंसनीय खोज (Appreciative Inquiry) को दर्शनमा आधारित नेतृत्व, सुशासन, सकारात्मक रूपान्तरण र विकास व्यवस्थापनसम्बन्धी एक नवीन तथा व्यावहारिक कृति हो। प्रशंसनीय खोज (ब्उउचभअष्बतष्खभ क्ष्लत्रगष्चथ) तथा स्थानीय सरकारको योजना तर्जुमा र विकास व्यवस्थापनका विज्ञ डा. आर. सी. लामिछानेद्वारा लिखित यस पुस्तकले व्यक्ति, संस्था, स्थानीय सरकारदेखि राष्ट्रिय नेतृत्व प्रणालीसम्मले समस्या र कमजोरीमा मात्र केन्द्रित हुने परम्परागत सोचबाट माथि उठेर सम्भावना, क्षमता, सफलता र सहकार्यमा आधारित नेतृत्व संस्कृतिको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा गहन विश्लेषण प्रस्तुत गर्दछ। २३ अध्यायमा विभाजित यस कृतिले नेतृत्व विकास, मानव स्रोत व्यवस्थापन, सकारात्मक सञ्चार, द्वन्द्व व्यवस्थापन, सामाजिक न्याय, जलवायु परिवर्तन, स्थानीय तथा प्रादेशिक आर्थिक विकास, योजनाबद्ध विकास, अन्तर्राष्ट्रिय अनुभव तथा नेपालका सन्दर्भमा समाजवाद उन्मुख आर्थिक विकासको ढाँचासम्मका विषयलाई प्रशंसनीय खोजको दृष्टिकोणबाट व्यावहारिक रूपमा व्याख्या गरेको छ। प्रतिकूलतालाई अवसरमा रूपान्तरण गर्दै समृद्ध, समावेशी र न्याय...