Posts

Showing posts from 2026

पुस्तक परिचय : प्रशंसनीय नेतृत्व

Image
  “प्रशंसनीय नेतृत्व" प्रशंसनीय खोज (Appreciative Inquiry) को दर्शनमा आधारित नेतृत्व, सुशासन, सकारात्मक रूपान्तरण र विकास व्यवस्थापनसम्बन्धी एक नवीन तथा व्यावहारिक कृति हो। प्रशंसनीय खोज (ब्उउचभअष्बतष्खभ क्ष्लत्रगष्चथ) तथा स्थानीय सरकारको योजना तर्जुमा र विकास व्यवस्थापनका विज्ञ डा. आर. सी. लामिछानेद्वारा लिखित यस पुस्तकले व्यक्ति, संस्था, स्थानीय सरकारदेखि राष्ट्रिय नेतृत्व प्रणालीसम्मले समस्या र कमजोरीमा मात्र केन्द्रित हुने परम्परागत सोचबाट माथि उठेर सम्भावना, क्षमता, सफलता र सहकार्यमा आधारित नेतृत्व संस्कृतिको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा गहन विश्लेषण प्रस्तुत गर्दछ। २३ अध्यायमा विभाजित यस कृतिले नेतृत्व विकास, मानव स्रोत व्यवस्थापन, सकारात्मक सञ्चार, द्वन्द्व व्यवस्थापन, सामाजिक न्याय, जलवायु परिवर्तन, स्थानीय तथा प्रादेशिक आर्थिक विकास, योजनाबद्ध विकास, अन्तर्राष्ट्रिय अनुभव तथा नेपालका सन्दर्भमा समाजवाद उन्मुख आर्थिक विकासको ढाँचासम्मका विषयलाई प्रशंसनीय खोजको दृष्टिकोणबाट व्यावहारिक रूपमा व्याख्या गरेको छ। प्रतिकूलतालाई अवसरमा रूपान्तरण गर्दै समृद्ध, समावेशी र न्याय...

नेतृत्वको नयाँ अध्याय सुरु : डा. रामचन्द्र लामिछानेको बहुप्रतीक्षित पुस्तक "प्रशंसनीय नेतृत्व" प्रकाशित

Image
  नेपालमा नेतृत्व विकास, संस्थागत रूपान्तरण र सकारात्मक सोचको क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको डा. रामचन्द्र लामिछाने द्वारा लिखित पुस्तक "प्रशंसनीय नेतृत्व"   प्रकाशित भएको छ। लामो अध्ययन, अनुसन्धान, अन्तर्राष्ट्रिय अनुभव तथा तीन दशकभन्दा बढीको नेतृत्व विकास यात्राको सार समेटिएको यो पुस्तक नेपाली भाषामा प्रकाशित नेतृत्वसम्बन्धी एक महत्वपूर्ण कृतिका रूपमा हेरिएको छ। आजको विश्वमा नेतृत्व भनेकाे केवल पद, अधिकार वा व्यवस्थापनको विषय मात्र होइन; याे त  विश्वास निर्माण, साझा उद्देश्य, सकारात्मक संस्कृति र दिगो परिवर्तन सिर्जना गर्ने कला हो। यही वास्तविकतालाई केन्द्रमा राखेर लेखिएको "प्रशंसनीय नेतृत्व" पुस्तकले नेतृत्वलाई नयाँ दृष्टिकोणबाट व्याख्या गर्दछ। यसले समस्याको विश्लेषणभन्दा सम्भावनाको खोजी, कमजोरीभन्दा शक्तिको पहिचान, र दोषारोपणभन्दा समाधान तथा भविष्य निर्माणमा केन्द्रित नेतृत्व दर्शन प्रस्तुत गर्दछ। पुस्तकको मूल आधार विश्वव्यापी रूपमा मान्यता प्राप्त Appreciative Inquiry र Appreciative Leadership को सिद्धान्त हो, जसलाई नेपाली सामाजिक, संस्थागत तथा सा...

कक्षा ११ का लागि सही कलेज कसरी छान्ने?

Image
भीड, भ्रम र आकर्षक विज्ञापनको युगमा सही निर्णय कसरी गर्ने? आज SEE पछि विद्यार्थी र अभिभावक जीवनकै एउटा महत्वपूर्ण मोडमा उभिएका छन्— “अब कुन कलेज रोज्ने?” आजको समयमा कलेज छान्नु सजिलो छैन। सामाजिक सञ्जाल, चम्किला पोस्टर, टपरका फोटो, ठूलो रिजल्टको प्रचार, छुट अफर र आक्रामक विज्ञापनले धेरैलाई प्रभावित बनाइरहेको छ। तर एउटा गम्भीर प्रश्न हामीले आफैँलाई सोध्नुपर्छ  “के त्यो कलेजले वास्तवमै मेरो सम्भावना उजागर गर्न सक्छ? ” कलेज केवल +2 पढ्ने ठाउँ होइन त्यो तपाईंको सोच, आत्मविश्वास, व्यक्तित्व, नेतृत्व, सपना र जीवनदृष्टि निर्माण गर्ने स्थान हो। त्यसैले सही कलेज छान्नु भनेको केवल भर्ना हुनु होइन, आफ्नो भविष्यको दिशा तय गर्नु हो। सही कलेज छान्ने १५ महत्वपूर्ण आधार १. कलेजले “मान्छे” बनाउँछ कि केवल “मार्क्स मेसिन”? साँचो शिक्षा भनेको GPA मात्र होइन। राम्रो कलेजले विद्यार्थीको चरित्र, आत्मविश्वास, जीवनदृष्टि र मानवीय क्षमता विकास गर्छ। २. शिक्षक प्रेरणादायी छन् कि केवल नोट डिक्टेट गर्ने? महान शिक्षकले केवल पाठ मात्र पढाउँदैनन् विद्यार्थीभित्र लुकेको सम्भावना देख्न सिकाउँछन्। ...

अध्यादेश, संविधान, आवश्यकता र राजनीतिक नैतिकताको वास्तविक प्रश्न

Image
   डा. आर सी लामिछाने  नेपालमा फेरि अध्यादेशको विषयले तीव्र राजनीतिक बहस जन्माएको छ। सरकारद्वारा ल्याइएका अध्यादेशलाई लिएर पक्ष र विपक्षमा तीखा तर्कहरू प्रस्तुत भइरहेका छन्। केही राजनीतिक दलहरूले यसलाई लोकतन्त्रविरुद्धको कदम भन्दै विरोध गरिरहेका छन् भने केहीले यसलाई शासन सञ्चालनको आवश्यक संवैधानिक उपकरणका रूपमा व्याख्या गरिरहेका छन्। तर वास्तविक प्रश्न अध्यादेश ल्याउनु ठीक कि बेठीक भन्ने मात्र होइन यो त अध्ययादेशको उद्देश्य, आवश्यकता, संवैधानिक आधार, प्रयोगको नैतिकता र राष्ट्रिय हित के हो भन्ने हो। लोकतन्त्र केवल प्रक्रिया होइन, परिणाम पनि हो। संविधान केवल पुस्तक मात्र होइन, शासन चलाउने जीवित मार्गदर्शक हो। यदि प्रक्रियाको नाममा देश रोकिन्छ, निर्णय स्थगित हुन्छ, नागरिकले सेवा पाउँदैनन् र विकास अवरुद्ध हुन्छ भने त्यो लोकतन्त्र होइन, कमजोरी हो। त्यसैले अध्यादेशलाई भावनात्मक नाराबाट नभई संवैधानिक यथार्थ र राष्ट्रिय आवश्यकताबाट हेरीनु पर्दछ । नेपालको संविधान २०७२ को धारा ११४ ले अध्यादेश सम्बन्धी स्पष्ट व्यवस्था गरेको छ। उक्त धाराअनुसार, संघीय संसदको कुनै पनि सदनको अधि...

पानीको आकार र लोकतन्त्रको रूप

Image
  डा. आर. सी. लामिछाने   पानीको आफ्नै कुनै स्थायी आकार हुँदैन। जुन भाँडोमा राखिन्छ, त्यही आकारमा देखिन्छ। हाम्रो लोकतन्त्रको परिभाषा पनि कताकता त्यस्तै लाग्न थालेको छ: सत्ता अनुसार आकार बदल्ने, पद अनुसार सिद्धान्त फेरिने, र कुर्सी अनुसार नैतिकता तय हुने। प्रतिपक्षमा हुँदा नेताहरूको आवाज क्रान्तिकारी हुन्छ। उनीहरू पारदर्शिता, सुशासन, जनउत्तरदायित्व, भ्रष्टाचारविरोध, युवाको भविष्य, किसानको पीडा, बेरोजगारी, शिक्षा, स्वास्थ्य सबै विषयमा आगो झैँ बोल्छन्। लाग्छ, अब देश बदलिन्छ। अब राजनीति सेवामा बदलिन्छ। अब जनताको दुःख अन्त्य हुन्छ। तर विडम्बना के छ भने, सत्तामा पुग्नेबित्तिकै ती सबै शब्दहरू मानौँ चुनावी पोस्टरका पुराना रङझैँ फिका हुन थाल्छन्। हिजो “यो गलत हो” भन्ने व्यक्ति आज त्यही गलत कुराको रक्षक बन्छ। हिजो “जनताको अधिकार” भन्ने नेता आज “प्रक्रिया यस्तै हो” भन्दै जिम्मेवारीबाट पन्छिन्छ। हिजो सडकमा उभिएर विरोध गर्ने व्यक्ति आज सत्ताको कुर्सीमा बसेर आलोचना सुन्न पनि तयार हुँदैन।कस्ताे अचम्म । के राजनितिज्ञहरुकाे स्मरणशक्तिलाइ पदले निर्धारण गर्दछ?  के याे स्मरणशक्तिको य...

सभापति रविलाई नमागेको सुझावः दादागिरीले पतन ल्याउँछ, विनम्रताले र लोकप्रियता बढाउँदछ

Image
डा. आर सी लामिछाने  नेपालको राजनीतिक इतिहासले बारम्बार एउटा गहिरो सत्य प्रमाणित के गरेको छ भने पार्टीहरू घोषणापत्रले जन्मिन्छन्, तर नेतृत्व शैलीले टिक्छन् वा समाप्त हुन्छन्। लामो इतिहास बोकेका धेरै राजनीतिक दलहरू आज जनविश्वास गुमाएर राजनीतिक कोमामा पुगेका छन्। कारण केवल वैचारिक कमजोरी होइन; मुख्य कारणहरु नै नेतृत्वको अहंकार, असंवेदनशीलता, नकारात्मकता र जनभावनालाई नबुझ्ने प्रवृत्ति हो। अहिलेका जनता नेता सरह नै वा त्यो भन्दा वढी सुसुचित, सभ्य र सक्षम छन । जनता अब केवल भाषण, नारा र आरोप–प्रत्यारोपले प्रभावित हुँदैनन्। उनीहरूले सम्मान, परिणाम, सुशासन र मानवीय व्यवहार खोजिरहेका छन्। यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित सबै राजनीतिक दलहरूले  प्रशंसनीय नेतृत्वको अभ्यास गर्न अत्यन्त आवश्यक भएको छ।नेतृत्व भनेको पद होइन, प्रभाव हो। पदले अधिकार दिन्छ तर प्रभावले इतिहास बनाउँदछ। सांसद, मन्त्री, सभापति वा प्रधानमन्त्री हुनु ठूलो कुरा होइन; ठूलो कुरा त त्यो पदबाट समाजमा कस्तो ऊर्जा, कस्तो आशा र कस्तो भरोसा सिर्जना भयो भन्ने हो। यदि नेतृत्वले डर, विभाजन, घृणा र प्रतिशोध मा...

सम्माननीय प्रधानमन्त्रीज्यू: ईच्छाशक्ति भए छ महिनामा सुकुम्बासी समस्या समाधान गर्न सकिन्छ

Image
 डा आर सी लामिछाने प्राचार्यः निरभाना कलेज  ( पूर्व उपाध्यक्ष, शहरी योजना आयोग पोखरा महानगरपालिका )   भलुवाइ नदिको किनारमा लक्ष्मी नारायण -काल्पनिक नाम र कथा_ एक विगाह जमिन थियो । वर्षमा तीन वाली मजासँग उब्जनी हुन्थ्यो र त्यो खेतको उब्जनीले उनको छ जनाको परिवारको राम्रोसँग गुजारा चल्दथ्यो । बाल बच्चा नजिकको सरकारी विद्यालयमा पढदथे, वुवा आमा रोग विमार हुदा नजिकैको स्वास्थ्य चौकीमा उपचार गर्दथे । सिजन अनुसारको उत्पादनलाइ स्थानीय हाट बजारमा बेचेर नगद आम्दानी समेत गर्दथे । आफनै उत्पादनले घरमा पौष्टिक आहार आपुर्ति हुदा उनिहरुको परिवारलाई कहिल्यै कुनै अभाव महशुश भएन । २०५२ सालको वर्षामा तीन दिन सम्म लगातार निकै ठुलो पानी पर्यो र त्यस पछि आएको बाढीले उनको खेत कटान गरेर खोलामा मिसायो घर समेत खोलामा वग्यो, वृद्ध वावा आमा भाग्न भ्याएनन दुबै जनालाइ वाढीले बगायो, अन्न वाली, पशु चौपाय सबै वगायो मुश्किलले लक्ष्मी नारायणले एउटै कोठामा सुतेको छोरा छोरी र श्रीमतीलाइ भने बचाउन सके । भोलिपल्ट विहान भयो उनीसँगै छिमेकका चार घरको हालत उस्तै भएको रहेछ ।  त्यो वर्ष वाढीको कारण धेरै जनाको ज...