पुस्तक परिचय : प्रशंसनीय नेतृत्व
“प्रशंसनीय नेतृत्व" प्रशंसनीय खोज (Appreciative Inquiry) को दर्शनमा आधारित नेतृत्व, सुशासन, सकारात्मक रूपान्तरण र विकास व्यवस्थापनसम्बन्धी एक नवीन तथा व्यावहारिक कृति हो। प्रशंसनीय खोज (ब्उउचभअष्बतष्खभ क्ष्लत्रगष्चथ) तथा स्थानीय सरकारको योजना तर्जुमा र विकास व्यवस्थापनका विज्ञ डा. आर. सी. लामिछानेद्वारा लिखित यस पुस्तकले व्यक्ति, संस्था, स्थानीय सरकारदेखि राष्ट्रिय नेतृत्व प्रणालीसम्मले समस्या र कमजोरीमा मात्र केन्द्रित हुने परम्परागत सोचबाट माथि उठेर सम्भावना, क्षमता, सफलता र सहकार्यमा आधारित नेतृत्व संस्कृतिको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा गहन विश्लेषण प्रस्तुत गर्दछ। २३ अध्यायमा विभाजित यस कृतिले नेतृत्व विकास, मानव स्रोत व्यवस्थापन, सकारात्मक सञ्चार, द्वन्द्व व्यवस्थापन, सामाजिक न्याय, जलवायु परिवर्तन, स्थानीय तथा प्रादेशिक आर्थिक विकास, योजनाबद्ध विकास, अन्तर्राष्ट्रिय अनुभव तथा नेपालका सन्दर्भमा समाजवाद उन्मुख आर्थिक विकासको ढाँचासम्मका विषयलाई प्रशंसनीय खोजको दृष्टिकोणबाट व्यावहारिक रूपमा व्याख्या गरेको छ। प्रतिकूलतालाई अवसरमा रूपान्तरण गर्दै समृद्ध, समावेशी र न्यायपूर्ण समाज निर्माणका लागि आवश्यक नेतृत्व सोच, नीति र व्यवहार विकास गर्न इच्छुक राजनीतिक नेतृत्व, जनप्रतिनिधि, प्रशासक, विकासकर्मी, शिक्षाविद्, अनुसन्धानकर्ता तथा परिवर्तनका संवाहकहरूका लागि यो पुस्तक एक उपयोगी मार्गदर्शक बन्ने विश्वास गरिएको छ।
नेपालका संघीय, प्रादेशिक तथा स्थानीय तहका जनप्रतिनिधिहरूका लागि “प्रशंसनीय नेतृत्व“ केवल नेतृत्वसम्बन्धी थप अर्को पुस्तक मात्र नभई यो नीति निर्माण, प्रभावकारी शासन, जनविश्वास निर्माण र सकारात्मक रूपान्तरणको व्यावहारिक मार्गदर्शक हो। संसदको मुख्य जिम्मेवारी कानुन निर्माण, नीति तर्जुमा, सरकारको प्रभावकारी निगरानी र जनताको आकांक्षालाई सम्बोधन गर्नु हो। यी सबै कार्यहरू सफलतापूर्वक सम्पन्न गर्न केवल राजनीतिक इच्छाशक्ति पर्याप्त हुँदैन; सकारात्मक सोच, प्रमाणमा आधारित निर्णय, सहकार्य, समावेशी नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक हुन्छ। यस पुस्तकका २३ वटा अध्यायहरूले व्यक्तिगत नेतृत्व विकासदेखि मानव स्रोत व्यवस्थापन, सामाजिक न्याय, आर्थिक विकास, जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व व्यवस्थापन, शिक्षा, स्थानीय विकास र समाजवाद उन्मुख आर्थिक रूपान्तरणसम्मका विषयलाई प्रशंसनीय खोज (Appreciative Inquiry) को दृष्टिकोणबाट प्रस्तुत गर्दै सांसदहरूलाई समस्या होइन, सम्भावना केन्द्रित नेतृत्वतर्फ प्रेरित गर्छ।
यस पुस्तकले संसद सदस्यहरूलाई राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर साझा राष्ट्रिय एजेन्डा निर्माण गर्ने, नीति निर्माणमा नवप्रवर्तन ल्याउने, जनप्रतिनिधि र नागरिकबीच विश्वासको सम्बन्ध सुदृढ गर्ने तथा विकासका नयाँ सम्भावनाहरू पहिचान गर्ने क्षमता विकास गर्न सहयोग पु¥याउँछ। पुस्तकमा समेटिएका स्थानीय तथा प्रादेशिक आर्थिक विकास, योजनाबद्ध विकास, समाजवाद उन्मुख आर्थिक ढाँचा, रुवाण्डा तथा चीनका अनुभव, सकारात्मक सञ्चार, गतिशील टिम निर्माण र समावेशी शासनका अभ्यासहरूले सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्रका स्रोत, सीप, उद्यम र सामाजिक पूँजीको अधिकतम उपयोग गरी रोजगारी सिर्जना, उत्पादन वृद्धि, सामाजिक न्याय र दिगो विकासका नवीन कार्यक्रमहरू अघि बढाउन प्रेरणा दिन्छन्। यसले संसदमा सहकार्यमा आधारित नीति बहस, प्रमाणमा आधारित निर्णय प्रक्रिया तथा परिणाममुखी नेतृत्व संस्कृतिको विकासमा समेत योगदान पु¥याउन सक्छ।
यदि नेपालका संसद सदस्यहरू, पालिका प्रमुख तथा उपप्रमुखहरु तथा कुनै पनि संघ संस्थाको नेतृत्व्मा रहेका व्यक्तिहरुले यस पुस्तकमा प्रस्तुत अवधारणा र अभ्यासहरूलाई आफ्नो नेतृत्व, नीति निर्माण र संसदीय तथा पालिकाहरुमा अभ्यासमा आत्मसात गर्न सके भने, उनीहरूले केवल प्रभावकारी सांसदको भूमिका मात्र निर्वाह गर्ने छैनन्, बरु राष्ट्रिय रूपान्तरणका उत्प्रेरक (Catalyst) नेताका रूपमा स्थापित हुन सक्नेछन्। यस पुस्तकले उनीहरूलाई चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने, जनविश्वासलाई विकासको ऊर्जामा बदल्ने, तथा समृद्ध, न्यायपूर्ण र समावेशी नेपालको निर्माणका लागि नयाँ सोच, नयाँ विधि र नयाँ नेतृत्व संस्कृतिको ढोका खोल्ने महत्वपूर्ण अवसर प्रदान गर्दछ।

Comments
Post a Comment