Posts

सिंगापुरका प्रधानमन्त्री लि क्वान यु को झल्को दिने प्रम बालेन शाहको कदम

Image
डा. आर सी लामिछाने      सन् १९८६, डिसेम्बर, सिंगापुरका प्रधानमन्त्रि ली क्वान यू को कार्यकक्षमा एउटा पत्र पुग्यो । पत्र लेख्ने व्यक्ति अरू कोही नभई वहाँकै क्याविनेटका  राष्ट्रिय विकास मन्त्री ते चेआङ वान स्वयं थिए। तर यो कथा बुझ्नुअघि सिंगापुरको पृष्ठभूमि बुझ्न जरुरी छ। त्यो समय सिंगापुर भर्खरै विकासको मार्गमा तीव्र गतिमा अघि बढ्दै थियो । सार्वजनिक आवास, उद्योग र पूर्वाधार निर्माणमा तीव्रता आएको थियो। यसै अभियानका प्रमुख पात्रमध्ये एक थिए ते चेआङ वान, जसले हाउजिंग डेभलपमेन्ट वोर्ड मार्फत हजारौं नागरिकलाई आवास उपलब्ध गराउन ठूलो भूमिका खेलेका थिए। उनको सफलता जति ठूलो थियो, जिम्मेवारी पनि त्यति नै भारी थियो। हाउजिंग डेभलपमेन्ट वोडमा भ्रष्टचार भएको हल्ला चल्न थाल्यो । जब भ्रष्टाचार अनुसन्धान ब्यूरोले उनीमाथि निजी कम्पनीहरूलाई सरकारी जग्गा उपलब्ध गराउने क्रममा घुस लिएको आरोपमा छानबिन सुरु गर्‍यो, त्यो केवल एउटा व्यक्तिको गल्ती मात्र थिएन, त्यो त सिंगापुरको निर्माणाधीन नैतिक प्रणालीमाथिको गम्भीर चुनौती थियो। छानबिनको क्रममा, ते चेआङ वान ले ली क्वान यू सँग भेटेका थिए। ...

वन कार्यालयहरुको सकारात्मक रुपान्तरणमा तरहरा तालिम केन्द्रको प्रयास

Image
  २०८२ साल चैत्रको विहान विभिन्न जिल्लाका बन प्राविधीकहरुले अन्य दिन भन्दा फरक भएको अनुभुति गर्नु भएको थियो । विभिन्न जिल्लावाट तरहरा आउनु भएका सहभागीहरुको दैनिक कार्य भन्दा आज फरक थियो । वहाँहरु आफना दैनिक कार्यालयका काम छोडेर सकारात्मक सोच र नेतृत्व विकास तालिमका लागि बन अनुसन्धान तथा तालिम केन्द्रमा आउनु भएको थियो । कोशी प्रदेस अन्तरगतका विभिन्न डिभिजन तथा सवडिभिजन बन कार्यालयहरुका २१ जना उर्जाशिल बन कर्मचारीहरुलाई सकारात्मक सोच तथा नेतृत्व विकासको क्षेत्रमा क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले मिति २०८२ साल चैत्र १७ देखी २० सम्म बन अनुसन्धान तथा तालिम केन्द्र तरहरामा ४ दिने तालिम कार्यक्रम सञ्चालन गरिएको छ ।    तालिमको सहजीकरण प्रसंशनीय खोज विज्ञ डा. राम चन्द्र लामिछानेले गर्नु भएको थियो भने कार्यक्रमको उद्घाटन कोशी प्रदेस बन निर्देशक श्री भरत श्रेष्ठ र सहभागीहरुलाई स्वागत कोशी प्रदेस बन अनुसन्धान तथा तालिम केन्द्र प्रमुख श्री हेमन्त पराजुलीले गर्नु भएको थियो ।  कार्यक्रम सञ्चालनकै अवधिमा प्रदेस बन सचिव डा. ईन्द्र सापकोटाले अनुगमन गरी सहभागीहरुसँग अन्तरक्रिया गर्नु ...

रुवाण्डाबाट नेपालले पनि केही सिक्ने की ?

Image
 डा. आर सी लामिछाने    परिचय मध्य अफ्रिकाको सानो तर अत्याधिक जनघनत्व भएको देश रुवाण्डाको बारेमा केही जानाकारी गराउन चाहान्छु। रुवाण्डाको क्षेत्रफल २६,७९८ वर्ग किलोमिटर रहेको छ भने त्यहाँको जनसँख्या करिब १ करोड ४० लाख जति रहेको छ। रुवाण्डाको राजधानी किगाली अफ्रिकाकै सफा शहर हो। यो देशलाई हजारौं पहाड र हरियालीको सुन्दर देश भनेर चिनिन्छ। यो देशमा सन् १९९० को दशकमा एउटा भयानक त्रसादीपूर्ण नरसंहारबाट गुज्रिएको इतिहास छ, जसले विश्वलाई अझैसम्म मानसभ्यताको सबैभन्दा कहाली लाग्दो अध्यायको रूपमा झस्काइरहेको छ। यहाँ जम्मा तीन प्रकारका जातिहरू बसोबास गर्दछन्। यहाँ ८४ प्रतिशत हुटुहरू र १४ प्रतिशत तुत्सीहरू रहेका छन् भने १ प्रतिशत मात्र त्वा भन्ने जातिका मानिसहरू बसोबास गर्दछन्। हुटुहरू परम्परागत रूपमा कृषिमा आधारित किसानहरू हुन् भने तुत्सीहरू पशुपालक, धनी र शासक वर्ग भनेर चिनिन्थे। त्वाहरू शिकार गरेर जीविको पार्जन गर्दछन्। वैज्ञानिक वा सांस्कृतिक रूपमा हुटु र तुत्सीबीच धेरै त्यस्तो भिन्नता छैन तर बेल्जियमको उपनिवेशकालमा जातीय संरचना खडा गरेर कृत्रिम विभाजन गरिएको भन्ने मान्यता व्याप...